PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

आईपीएलमा मुम्बईको तेस्रो जित, वार्नरको अर्धशतकका बावजुद हैदरावाद ३४ रनले पराजित



पहिलोपोस्ट

आईपीएलमा मुम्बईको तेस्रो जित, वार्नरको अर्धशतकका बावजुद हैदरावाद ३४ रनले पराजित
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ। शारजाहमा भएको खेलमा मुम्बईले हैदरावादलाई ३४ रनले पराजित गरेको हो।

२०९ रनको विजय लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन मात्रै बनाउन सक्यो।

हैदरावादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ६० रन जोड्दा मनिस पाण्डेले ३० रन, जोनी बेयरस्टोले २५ रन तथा अब्दुल सामदले २० रन जोडे।

मुम्बईका लागि ट्रेन्ट बोल्ट, जेम्स प्याटिन्सन र जसप्रित बुमराहले २/२ तथा क्रुनाल पाण्ड्याले १ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०८ रन बनाएको थियो।

मुम्बईका लागि क्विन्टन डिककले सर्वाधिक ६७ रन जोड्दा इसान किसानले ३१ रन, हार्दिक पाण्ड्याले २८ रन, सूर्यकुमार यादवले २७ रन तथा काइरन पोलार्डले २५ रन जोडे। त्यस्तै, क्रुनाल पाण्ड्याले २० रन जोडे भने कप्तान रोहित शर्मा ६ रनमा आउट भए।

हैदरावादका लागि सन्दीप शर्मा र सिद्धार्थ कउलले २/२ तथा रासिद खानले १ विकेट लिए।

जितसँगै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell