PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

लोक सेवालाई नयाँ विज्ञापन र परीक्षाको बाटो खुल्यो, विज्ञापनका कार्यक्रम फुकुवा गर्ने सरकारको निर्णय



पहिलोपोस्ट

लोक सेवालाई नयाँ विज्ञापन र परीक्षाको बाटो खुल्यो, विज्ञापनका कार्यक्रम फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौँः लोक सेवा आयोगलाई कर्मचारी पदपूर्तिका नयाँ विज्ञापन अघि बढाउने बाटो खुलेको छ। मन्त्रपरिषद्को असोज १५ गतेको बैठकले उक्त कार्यक्रम अघि बढाउन आग्रह गर्ने निर्णय गरेको हो। यसअघि गत वैशाखमा मन्त्रिपरिषदले अर्को निर्णय नभएसम्मका लागि सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो।

सरकाको निर्णयपछि आयोगले सबै परीक्षा स्थगित गरेको थियो। आयोगले मन्त्रिपरिषद्को निर्णयअघि प्रथम पत्रको परीक्षा भइसकेका परीक्षार्थीका हकमा दोस्रो पत्रको परीक्षा कार्यक्रम सञ्चालन गर्ने निर्णय भने गरिसकेको छ। कोरोना कहरले आयोगको कार्यतालिका ६ महिनाभन्दा पर धकेलिएको छ। 

सरकारको निर्णय अनुसार अब रिक्त दरबन्दी पदपूर्ति गर्न आयोगबाट भएको विज्ञापन अनुसारको परीक्षा सञ्चालन हुनेछन्।

यस्तै पदपूर्तिका लागि विज्ञापन आह्वान बाँकी रहेका कार्यक्रम अघि बढाउन पनि आग्रह गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। नियमित विज्ञापनका सम्पूर्ण कार्यक्रम फुकुवा गर्न पनि आयोगलाई सरकारले आग्रह गरेको छ।

यसअघि वैशाख १४ गते सरकारले आयोगले सञ्‍चालन गर्ने परीक्षा र पदपूर्तिसम्बन्धी व्यवस्था अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell