PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा बर्सियो ढुंगा, नेविसंघका केही कार्यकर्ता पक्राउ



पहिलोपोस्ट

बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा बर्सियो ढुंगा, नेविसंघका केही कार्यकर्ता पक्राउ

काठमाडौँ : प्रदेश ५ को राजधानी दाङको देउखुरी तोक्ने प्रस्ताव प्रदेश सभामा पेस भएपछि बुटवलमा केही दिनयता प्रदर्शन भइरहेको छ। राजधानीको विषयलाई लिएर प्रदर्शन उग्र बन्दै जाँदा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको चढेको गाडीमा तोडफोड भएको छ। नेपाली कांग्रेसका कार्यकर्ताहरुले पोखरेल चढेको गाडीमा ढुंगा प्रहार गरेका हुन्। जसबाट पोखरेल चढेको गाडीको सिसा फुटेको छ। पोखरेललाई समेत सिसाले लागेको छ।

घटनामा पोखरेल सामान्य घाइते भएको नेकपा प्रदेश ५ का संसदीय दलका सचेतक भूमिश्वर ढकालले जानकारी दिए

बुटवल राजमार्ग चौराहा पुग्दा नेविसंघका कार्यकर्ताले पोखरेल र उनको सुरक्षामा खटिएको गाडीमा ढुंगा हानेका थिए। विभिन्न स्थानमा पोखरेललाई कालो झण्डा देखाउने प्रयास समेत भयो। त्यसपछि मुख्यमन्त्री पोखरेललाई रामनगर ब्यारेकतिर लगिएको थियो। घटनामा संलग्न केही नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी खड्गबहादुर खड्कीले केही समूहले मन्त्रीको गाडीमा ढुंगा हानेको जानकारी दिए।

'ढुंगा प्रहारबाट केही क्षति भएको जानकारी आएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ,’ उनले भने।

प्रदेश ५ को राजधानीलाई लिएर विरोध बढ्दै जाँदा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल आइतवार काठमाडौँ आएर सहमति जुटाउन प्रयास गरेका थिए। काठमाडौँमा बैठक सकाएर साँझ विमानबाट भैरहवा पुगेका थिए। त्यहाँबाट उनी गाडीमा बुटवल पुगेका हुन्। 

सोमवार प्रदेश सभामा प्रदेशको नाम र राजधानी सम्बन्धी कार्यविधिमाथि छलफल हुँदैछ। मंगलवार मतदान मार्फत् निर्णय हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell