PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

सुदूरपश्चिममा आइतवार ३६ जनामा कोरोना संक्रमण पुष्टि



एम बम

सुदूरपश्चिममा आइतवार ३६ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली : सुदूरपश्चिम प्रदेशमा आइतवार ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये कैलालीका मात्रै २८ जना रहेका छन्।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ६ जनाको कोरोना परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीका २८, कञ्चनपुरका सात र दार्चुलाका एक जनामा संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ।

उता बैतडीमा गरिएको परिक्षणमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनी दार्चुलाका ३० वर्षीय पुरुष हुन्।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार ८ सय २३ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell