PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

वैदेशिक रोजगारीमा ठगी गर्ने एक जना कारागार चलान



रासस

वैदेशिक रोजगारीमा ठगी गर्ने एक जना कारागार चलान

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा विभिन्न व्यक्तिलाई लाखौँ ठगी गर्ने एक जना आइतवार कारागार चलान भएका छन्।

वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गरेको पुष्टि भएर पनि दुई वर्षदेखि फरार हुँदै आएका सिन्धुपाल्चोक घर भई भक्तपुर च्यामासिंह बस्ने ३७ वर्षीय सुदीप भनिने तुलबहादुर तामाङलाई काठमाडौं जिल्ला अदालतले आइतवार कारागार चलान गरेको हो।

विस २०७४ भदौ ११ गते वैदेशिक रोजगार न्यायाधिकरणले ठगी गरेको प्रमाणित गरी उनलाई एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिबानाको आदेश दिएको थियो। त्यसपछि उनी फरार थिए।

उनलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले शुक्रवार काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको थियो। आइतवार फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिए।

शनिवार बिदा परेकाले उनलाई आइतवार अदालतमा पेश गरिएकामा अदालतले कारागार चलान गरेको बताइएको छ। सोही घटनामा संलग्न अर्का एक जनालाई पनि आइतवार साँझ पक्राउ गरिएको छ। उनलाई सोमवार अदालतमा पेश गरिने महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell