इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चेन्नई सुपर किंग्सले किंग्स ११ पञ्जाबविरुद्ध सानदार जित निकालेको छ। दुबईमा भएको खेलमा चेन्नईले पञ्जाबलाई १० विकेटले पराजित गरेको हो।
१७९ रनको विजय लक्ष्य पछ्याएको चेन्नईले १७ दशमलव ४ ओभरमै बिना कुनै विकेटको क्षति लक्ष्य भेट्याउन सफल भयो।
चेन्नईका लागि फाप डुप्लेसिसले ८७ तथा सेन वाटसनले ८३ रन बनाए।
पञ्जाबका कुनै पनि बलरले विकेट लिन सकेनन्।
यसअघि टस जितेर ब्याटिङ रोजेको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७८ रन बनायो।
पञ्जाबका लागि केएल राहुलले सर्वाधिक ६३ रन जोड्दा निकोलस पूरनले ३३ रन, मंदीप सिंहले २७ रन, मयंक अग्रहवालले २६ रन तथा सर्फराज खानले १४ रन जोडे।
चेन्नईका लागि शार्दुल ठाकुरले २ तथा रविन्द्र जडेजा र पियुश चावलाले १/१ विकेट लिए।
