PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

यूएन मिसनमा दक्षिण सुडान उड्यो नेपाली सेनाको टोली



पहिलोपोस्ट

यूएन मिसनमा दक्षिण सुडान उड्यो नेपाली सेनाको टोली

काठमाडौं: शान्ति मिसनका लागि नेपाली सेनाको टोली दक्षिण सुडान प्रस्थान गरेको छ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ मिसनको हाई रिडिनेस कम्पनीको नियमित अदली बदलीको क्रममा आज विहान पहिलो डफ्फाका ७८ जना नेपाली शान्ति सैनिक, मिशन ईलाकातर्फ प्रस्थान गरेका हुन्।

कोभिड-१९ महामारीका दौरान पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरीएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरीएको निर्देशनालयले जनाएको छ।

दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरु मंगलवार नेपाल आइपुग्ने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell