PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

उपचार गराइरहेका ट्रम्प निस्किए मोटरकेडमा, चुनावको चर्चाले पुर्‍यायो समर्थकबीच



पहिलोपोस्ट

उपचार गराइरहेका ट्रम्प निस्किए मोटरकेडमा, चुनावको चर्चाले पुर्‍यायो समर्थकबीच

जब चुनाव मुखैमा छ, रोगले गाँजे पनि प्रचारको रहर रोकिन्न। आसन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छन्। यसैबीच उनमा कोभिड १९ को संक्रमण पुष्टि भयो। त्यसमाथि उनलाई लगाइएको ककटेल भ्याक्सिनले अवस्था असहज बनायो। ह्वाइट हाउसबाट हेलिकप्टरमा उनलाई सैनिक अस्पताल पुर्‍याइयो। तर, उनी अस्पतालमा अडिरहन कसरी सकुन्? चुनाव छ, प्रचार चाहिन्छ नै।

वासिङ्टन डीसी नजिकै रहेको वाल्टर रीड नेसनल मिलिट्री मेडिकल सेन्टर अगाडि मानिसहरुको भिड थियो। एकाएक त्यहाँ मोटरकेड चल्यो। मोटरकेडको भित्र देखिए कालो रङको मास्क लगाएका राष्ट्रपति डोनाल्ड ट्रम्प। अस्पताल बाहिर रहेका मानिसहरुलाई लागि ट्रम्पको यो आगमन अप्रत्यासित थियो।

गाडीभित्र पनि मास्क लगाएका ट्रम्पले बाहिर रहेका मानिसहरुलाई हात हल्लाएर अभिवादन गरे र एउटा ट्विट पनि गरे - सरप्राइज भिजिट भन्दैं।

राष्ट्रपति ट्रम्पमाथि कोभिड १९ को विषयलाई लिएर हेलचेक्र्याइ गरेको दोष लाग्दै आएको छ। उनले चीनतिर औला तेर्‍स्याउँदै जिम्मेवारीबाट भागेको आरोप लगाउनेहरु धेरै छन्।

ट्रम्पका चिकित्सकहरुले उनको अवस्थामा सुधार आइरहेको र छिट्टै अस्पतालबाट डिस्चार्ज हुने जनाएका छन्। उपचारमा संलग्न डाक्टर सिन कोनलेका अनुसार कोभिड १९ पुष्टि भएपछि एकपटक ट्रम्पलाई अक्सिजन दिइएको थियो। उपचारका क्रममा दुई पटक उनको अक्सिजन लेभल कम भएको उनले जनाएका छन्।

यता ट्विट गर्दै ट्रम्पले कोभिडबारे ज्ञान प्राप्त गरेको बताएका छन्। 'मैले कोभिडबारे धेरै सिकेँ। स्कुलमा गएर सिके जस्तैगरी जानेँ। यो कितावी ज्ञानमात्र होइन। मलाई लाग्यो र मैले बुझेँ। यो निक्कै रोचक रहेछ, म पछि यसबारे बताउने छु,' ट्रम्पले लेखेका छन्।

नोभेम्बर ३ मा उनी डेम्रोकेटिक पार्टीका उम्मेदवार जोय विडेनसँग प्रतिस्पर्धा गर्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell