PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

ला लिगा: रियल मड्रिडको जित, बार्सिलोना बराबरीमा रोकियो



पहिलोपोस्ट

ला लिगा: रियल मड्रिडको जित, बार्सिलोना बराबरीमा रोकियो

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले लेभान्टेलाई पराजित गरेको छ। स्टेडियो डे ला केरमिकामा भएको भएको खेलमा रियलले घरेलु टोलीलाई २-० ले हराएको हो।

रियलको जितमा करिम बेन्जेमा र भिनिसियस जुनियरले गोल गरे।

खेलको १६ औं मिनेटमा भिनिसियस जुनियरको गोलमा मड्रिडले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको रियलका लागि दोस्रो हाफको अतिरिक्त समयमा करिम बेन्जेलमाले अर्को गोल गरेका थिए।

त्यस्तै गएराति नै भएको अर्को खेलमा बार्सिलोना सेभियासँग बराबरीमा रोकियो। क्याम्प नोउमा भएको खेलमा घरेलु टोली बार्सिलोना सेभियासँग १-१ को बराबरीमा रोकिँदै अंक बाँडेको हो।

खेलको ८ औं मिनेटमा लुक डी जोङले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए। तर त्यसको दुई मिनेट भित्रै फिलिपे काउन्टिन्होले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुबै टिमले गोल गर्न सकेनन्।

गएरातिको खेलसँगै ४ खेल खेलेको रियल मड्रिड १० अंकसहित तालिकाको शीर्षस्थानमा छ भने तीन खेल खेलेको बार्सिलोना ७ अंकसहित पाँचौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell