PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

लेवान्डोस्कीको चार गोलमा बायर्न म्युनिखको जित



पहिलोपोस्ट

लेवान्डोस्कीको चार गोलमा बायर्न म्युनिखको जित

जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बायर्न म्युनिखले हेर्था बर्लिनमाथि जित निकालेको छ। एलिनाज एरेनामा भएको खेलमा रोबर्ट लेवान्डोस्की चम्किँदा बायर्न म्युनिखले ४-३ गोल अन्तरले जित निकाल्यो।

बायर्नका लागि ४ वटै गोल लेवान्डोस्कीले गरे। उता हेर्थाका लागि झोन कोर्डोबा, म्याथिउस कुन्हा र जेसिक एन्गनकमले गोल गरे।

लेवान्डोस्कीले खेलको ४०, ५१, ८५ र अतिरिक्त समयमा गोल गरेका थिए। हेर्थाका लागि कोर्डोबाले ५९, कुन्हाले ७१ र एन्गनकमले ८८ औं मिनेटमा गोल गरेका थिए।

जितसँगै तीन खेलमा २ जित निकालेको बायर्न तालिकाको चौथो स्थानमा उक्लिएको छ भने लगातार दोस्रो पराजय भोगेको हेर्था १३ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell