PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

प्रेग्नेन्सी टेस्टजस्तै छिटो रिजल्ट दिने कोभिड १९ परीक्षणको भारतमा बन्यो कागजी किट



पहिलोपोस्ट

प्रेग्नेन्सी टेस्टजस्तै छिटो रिजल्ट दिने कोभिड १९ परीक्षणको भारतमा बन्यो कागजी किट

भारतमा वैज्ञानिकहरुको एउटा समूहले सस्तो मूल्यमा कागजमा आधारित कोरोना भाइरस परीक्षण गर्ने प्रविधिको विकास गरेका छन्। उनीहरुको दावीअनुसार प्रेग्नेन्सी टेस्टकै अवधिमा कोभिड १९ को परीक्षण हुनसक्छ।

फेलुदा नाम दिइएको यो परीक्षण किटले एक घन्टा भन्दा छिटो अवधिमा कोरोना भाइरस रहे नरहेको देखाउँछ भने यसको मूल्य करिब ५ सय भारु पर्छ। भारतको चर्चित कम्पनी टाटाले यसको उत्पादन थालेको छ। सम्भवत बजारमा उपलब्ध हुने कोरोना परीक्षणका लागि कागजमा आधारित यो पहिलो टेस्ट हुनेछ।

'यो सामान्य, सहज, भरपर्दो र पामन गर्न सकिने र मितव्ययी परीक्षण हो,' प्राध्यापक के विजय राघवनले भने। राघवन भारत सरकारका प्रन्सिपल साइन्टिफिक एड्भाइजर हुन्। 

दिल्लीमा आधारित अनुसन्धान संस्था इन्स्टिच्युट अफ जेनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजीमा फिलुदा विकास गरिएको हो। साथै निजी ल्याबहरुले पनि यसको परीक्षण गरेका छन्। कोभिड १९ पोजेटिभ देखिएकासहित २ हजार जनामा यसको परीक्षण गरिएको हो। 

परीक्षण गर्दा ९६ प्रतिशत सेन्सेटिभिटी र ९८ प्रतिशत स्पेसिफिसिटी देखिएको थियो। यिनै दुईको अनुपातका आधारमा परीक्षणको वस्तुनिष्ठता पहिचान हुन्छ। 

भाइरस भएका जो कसैलाई पनि उच्च सेन्सेटिभले पहिचान गर्छ र हाइ सेपेसिफिसिटीले यसरी पहिचान भएको ठीक हो या होइन भन्ने निर्क्यौल गर्छ। 

भारतमा यसको व्यवसायिक प्रयोगका लागि अनुमति मिलिसकेको छ। 

६० लाख भन्दा धेरै कोभिड १९ संक्रमित भारत खराब अवस्थाबाट गुज्रिएको विश्वका मुलुकहरुको सुचीमा दोस्रो स्थानमा रहेको छ। भारतमा दैनिक १० लाख भन्दा धेरै मानिसमा कोरोना भाइरसको परीक्षण भइरहेको छ जसका लागि १२ सय भन्दा धेरै ल्याब संचालनमा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell