नयाँ दिल्ली : भारतमा कोभिड १९ संक्रमितको संख्या ६६ लाख पार भएको छ। ५५ लाख ८६ हजार मानिस कोरोना भाइरस मुक्त भइसकेको भारतमा ८४.३४ प्रतिशत रिकभरी रेट रहेको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ।
पछिल्लो २४ घन्टामा ७४ हजार ४ सय ४२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि भारतमा संक्रमितको संख्या ६६ लाख २३ हजार ८ सय १५ पुगेको हो। यहाँ १ लाख २ हजार ६ सय ८५ जनाको ज्यान संक्रमणकै बीच गएको छ। पछिल्लो २४ घन्टामा मृत्यु हुने संक्रमितको संख्या ९ सय ३ रहेको छ।
भारतमा कूल ९ लाख ३४ हजार ४ सय २७ एक्टिभ केस रहेको छ जुन केसलोडका आधारमा १४.११ प्रतिशत हो। भारतमा मृत्युदर भने १.५५ प्रतिशत रहेको छ।
भारतमा कोभिड १९ संक्रमितको संख्या अगस्ट ७ मा २० लाख पार भएको थियो भने ३० लाख पार अगस्ट २३मा भएको थियो। सेप्टेम्बर ५ मा भारतमा संक्रमित संख्या ४० लाख पार भएको थियो। सेप्टेम्बर १६ मा ५० लाख र सेप्टेम्बर २८ मा ६० लाख पार भएको थियो।
भारतमा अहिलेसम्म ७ करोड ९९ लाख ८२ हजार ३ सय ९४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। हिजो ९ लाख ८९ हजार ८ सय ६० जनाको परीक्षण गरिएको थियो।
