PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

नेकपाका प्रदेशसभा सदस्य श्रेष्ठको प्रश्न : भालुवाङमा यातायातको प्रबन्ध छैन, एमसीसीबाट पैसा ल्याएर बाटो बनाउने भनिएको छ, आएन भने के?



पहिलोपोस्ट

नेकपाका प्रदेशसभा सदस्य श्रेष्ठको प्रश्न : भालुवाङमा यातायातको प्रबन्ध छैन, एमसीसीबाट पैसा ल्याएर बाटो बनाउने भनिएको छ, आएन भने के?
नेकपाका महासचिव विष्णु पौडेलको साथमा श्रेष्ठ खादा लगाउने। फाइल फोटो।

काठमाडौं : प्रदेश ५ को प्रदेशसभामा आज प्रदेशको राजधानी र नामको विषयमा प्रदेश सरकारले सभामा पेश गरेको कार्यविधि माथि आज छलफल गरेको छ।

सरकारले प्रदेशको राजधानी दाङको देउखुरीमा राख्ने गरी प्रस्ताव आए पछि नेकपाका साविकका लुम्बिनी अञ्चलका प्रदेशसभा सदस्यहरुले असन्तुष्टि जारी गरेका छन्। असन्तुष्ट मध्येका बुटवलका पूर्व मेयर तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जनताको भावना अनुसार अगाडि बढ्ने बताएका छन्।

उनले प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा संशोधन समितिको सभापतिबाट राजीनामा दिने घोषणासमेत गरेका छन्। श्रेष्ठले आफूमाथि विपक्षीले गलत प्रचार गर्न थालेपछि भ्रम चिर्नका लागि आफूले राजीनामा दिएको बताए।

'मेरा विरुद्ध विपक्षीले गलत तथा भ्रामक प्रचार गर्न थाले। भ्रम चिर्नका लागि पनि राजीनामा दिने घोषणा गरेको हुँ। मेरो आफ्नै पारिवारिक कारण पनि होला,' उनले पहिलोपोस्टसँग भने, 'मिडियाहरुमा सभापति पदसँग राजधानी साटेको आरोप लाग्न थाल्यो। पार्टीका कार्यकर्ताको भावनामा ठेस पुगेको र कार्यकर्ताहरुले पनि राजीनामा दिएर भ्रम चिर्न आग्रह गरेपछि राजीनामा दिएको हुँ।'

बुटवलका जनता र भावनाअनुसार अगाडि बढ्ने बताए उनले बताए।

पार्टी तथा संसदीय दलमा आफूले फरक प्रस्ताव दर्ता गराएको भन्दै त्यस अनुसार अगाडि बढ्ने उनको तर्क छ। भालुवाङ राजधानी बनाउनका मापदण्ड र यसअघिको प्रतिवेदन अनुसार मेल नखाने उनले दाबी गरे।

उनले प्रदेश ५ का जनताले भालुवाङलाई राजधानी बनाउन कहिल्यै माग नगरेकोसमेत बताए।

'यहाँका जनताले रोजेको दाङ उपत्यकालाई हो, यहाँका जनताले रोजेको रुपन्देहीलाई हो,' उनले भने, 'यी दुईमध्ये कुन हुने भन्ने विषयमा स्वतन्त्र ढंगले यहाँका सभासदलाई विवेक प्रयोग गर्न दिएको भए यो शान्तिपूर्ण ढंगले समाधान हुने विषय हो। सर्वदलीय सहमति हुने विषय हो। फेरि पनि सर्वदलीय सहमतिमा जानुपर्छ भनेर पार्टीका अध्यक्ष द्वयलाई हामीले आग्रह गरेका छौं। मुख्यमन्त्रीलाई हामीले आग्रह गरेका छौं। महासचिव विष्णु पौडेलले पनि अनुरोध गर्नुभएको छ। त्यसैले यहाँका जनताको आशा र मर्मलाई बुझेर अरु वैकल्पिक प्रस्ताव लिएर अगाडि बढ्ने विश्वास लिएको छु।'

बुटवलका संघ संस्थाले सहयोग गरेर धेरै खर्च गरेर पूर्वाधार तयार भएको भन्दै उनले प्रश्न गरे, 'सडक विभागको १८ विगाह जग्गामा सबै मन्त्रालय केन्द्रित गरेर यो ठाउँमा ल्याइसकेपछि। सरकारले जग्गा उपलब्ध गरेको अवस्थामा फेरि राजधानी सार्ने कुराले कति ठूलो धनराशी राजनीतिको नाममा खर्च गर्ने हो? जनताको गरिबी निवारण गर्ने राजनीतिक पूर्वाधारमा खर्च गरेर समय बर्बाद गर्ने हो?'

उनले साँघुरो ठाउँमा वन मासेर राजधानी बनाउने नसक्ने बताए।

'३० लाख बढी जनसंख्यालाई राहत पुग्ने १६ जिल्लाको नाका हो बुटवल,' उनले भने, '१५ लाख जनसंख्या रहेको भेरी राप्तीका जनतालाई केही दु:ख होला। तीन चार घण्टा यात्र गर्नुपर्ला। त्यसलाई छोट्याउँन सकिन्छ। तीब्र गतिको रेल निर्माणको कुरा छ। सडक सुधार गरेर यात्रा छोट्याउन तर्फ ध्यान दिउँ। व्यवसायिक रुपमा पर्यटकीय केन्द्रको रुपमा भालुवाङलाई अगाडि बढाउन सकिन्छ राजधानीको रुपमा हुँदैन।'

मतदानमा जानुपर्ने अवस्था यहाँका जनताको कार्यकर्ताको भावना अनुसार अगाडि बढ्ने बताए।

अब तपाईँहरु सामु विकल्प भन्ने प्रश्नमा उनले भने :

विकल्प हाम्रो पार्टी हो। यहाँका कार्यकर्ताको भावाना हो। बुद्धको आत्मालाई रुवाउन भएन। उद्योगी व्यवसायीले गरेको सहयोगको स्थिति हो। विकास र पूर्वाधार त्यहाँ छैन। डाक्टर जान मान्दैनन्। उपचार कसरी गर्ने?

विद्यार्थी पढ्न जाने ठाउँ छैन। यातायातको प्रबन्धको छैन। भोलिको सम्भावनालाई हेरेर एसमसीसीबाट आएको पैसाले बनाउने भनिएको छ। एमसीसी आउने हो कि होइन भन्ने विषयमा सरकार नै अलमलमा परेको छ।

नौमुरे योजना अलपत्र परेको छ। नौमुरे योजनाको बाँध फुट्यो भने राजधानी नै रहँदैन। नौमुरे जस्तो अरबौंको योजना सरकारले अगाडि सारेको छ। त्यस्तो अवस्थामा नौमुरेलाई प्रभावित पार्ने गरी त्यहाँको सिँचाई योजनालाई प्रभावित पार्ने गरी त्यहाँको खेती किसानीलाई असर गर्ने गरी भालुवाङलाई राजधानी बनाउन उपर्युक्त छैन।

जनताले रोजेको दाङ उपत्यका हो, जनताले रोजेको रुपन्देही हो। त्यसमध्ये कुन हुने भन्ने विषयमा स्वतन्त्र ढंगले यहाँका सभासदहरुलाई विवेक प्रयोग गर्न दिएको भए यो शान्तिपूर्ण ढंगले समाधान हुने विषय हो। सर्वदलीय सहमति हुने विषय हो। मैले यसैका लागि अपील गर्दछु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell