PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आइसीयूमा उपचाररत बिरामी अस्पतालको दोस्रो तल्लाबाट हाम्फाले, इमर्जेन्सीमै गयो ज्यान



फूलमाया पुरी

आइसीयूमा उपचाररत बिरामी अस्पतालको दोस्रो तल्लाबाट हाम्फाले, इमर्जेन्सीमै गयो ज्यान

विराटनगर : विराटनगरमा रहेको विराट नर्सिङ होममा उपचाररत बिरामी अस्पतालबाट हाम्फाल्दा मृत्यु भएको छ।

असोज १७ बाट आइसीयू उपचाररत मिक्लाजुङ गाउँपालिका वडा ७ मा भाडामा बस्ने ५३ वर्षे अमृत गजमेरको मृत्यु भएको विराट नर्सिङ होम प्रशासनले जनाएको छ।

आइसीयूमा उपचाररत गजमेरले आफूलाई गर्मी भयो भनी नर्ससँग बाहिर निस्कने अनुमति मागेर दौड्दै दोस्रो तल्लाको झ्यालबाट फाल हानेको अस्पताल प्रशासनले जनाएको छ।

बिहान पौने ६ तिर हाम्फालेका उनलाई तत्काल अस्पतालको इमर्जेन्सी वार्डमा उपचार गराइएको थियो। तर, उनलाई बचाउन नसकिएको प्रशासनका कर्मचारी पदम विनाडीले बताए।

के कारणले बिरामीले हाम्फालेको भन्ने विषयमा खुल्न नसकेको बताइएको छ। निमोनियाका बिरामी उनी अस्पतालमा उपचाररत थिए।

गजमेरका आफन्तले भने अस्पतालको लापरवाहीले ज्यान गएको आरोप लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell