PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

केशर महलमा एनओसी लिनेको दैनिक भिड, प्रहरीको माइकिङ सुन्दैनन् कोही

केशर महलमा एनओसी लिनेको दैनिक भिड, प्रहरीको माइकिङ सुन्दैनन् कोही

समर्थ रञ्जित/पहिलोपोस्ट


केशर पुस्तकालय परिसरमा रहेको शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखामा हिजोआज दैनिकजसो भिड देख्न सकिन्छ। कोभिड-१९ महामारी फैलिरहेको अवस्थामा सुरक्षा मापदण्डबिनै दैनिक भिड बढेको देखिन्छ।

कक्षा ११ र १२ का विद्यार्थी एनओसी लिन ओइरेका हुन्। सरकारले एनओसी खुला गरेपछि विदेश पढ्न जाने विद्यार्थीहरुको लाइन महल परिसरमामात्र हैन बाहिर सडकमा पनि देख्न सकिन्छ। विदेशस्थित शैक्षिक संस्थामा भर्ना भएर पनि विदेश जान नपाएका विद्यार्थीहरु एनओसी लिन ओइरेका हुन्।

बिहान ८ बजेदेखि उनीहरु लाइनमा उभिएका देख्न सकिन्छ। उक्त क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन प्रहरीले माइकिङ गरे पनि कसैले टेरेको देखिदैनथ्यो।



ट्रेन्डिङ पोस्ट

Ncell