PahiloPost

Jul 10, 2026 | २६ असार २०८३

'हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा केसीको साथमा' भन्दै डाक्टरहरु निस्के सडकमा

'हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा केसीको साथमा' भन्दै डाक्टरहरु निस्के सडकमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


डा गोविन्द केसीको समर्थनमा शिक्षण अस्पताल महाराजगञ्ज महाराजगञ्जका चिकित्सकहरु प्रदर्शनमा उत्रेका छन्।

चिकित्सकहरु 'हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा केसीको साथमा', 'डा गोविन्द केसीको जीवन रक्षा गर,' 'गोविन्द केसीको माग पुरा गर', 'दुरदराजमा मेडिकल शिक्षा खै?' जस्ता मागहरु लेखिएको ब्यानर कार्ड लिएर प्रदर्शनमा उत्रेका हुन्।

डाक्टर केसी स्वास्थ्य क्षेत्रमा सुधारका लागि ६ बुँदे मागसहित २२ दिनदेखि अनशनमा छन्। हुम्लाबाट १९ औं अनशन थालेका उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell