PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

हात्तीको आक्रमणबाट कावासोतीमा माहुतेको मृत्यु



रासस

हात्तीको आक्रमणबाट कावासोतीमा माहुतेको मृत्यु

नवलपुर : हात्तीको आक्रमणबाट एक माउतेको ज्यान गएको छ। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती नगरपालिका-१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा वडा नम्बर १० का ५६ वर्षीय माउते लोकबहादुर खजुवारको मृत्यु भएको हो।

रिसोर्टमा पालिएको निजी हात्तीलाई पानी खुवाउन लैजाने क्रममा सोमवार लोकबहादुरलाई हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट घाइते भएका उनको चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल लैजाने तयारी भइरहेको प्रहरी प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell