PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

नेशनल मेडिकल कलेजको पीसीआर प्रयोगशाला सञ्चालनमा, चार घण्टामा रिपोर्ट दिने



राधेश्याम पटेल

नेशनल मेडिकल कलेजको पीसीआर प्रयोगशाला सञ्चालनमा, चार घण्टामा रिपोर्ट दिने

वीरगंज : नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले सोमवारदेखि आफ्नै पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याएको छ। बाबा होटलमा सञ्चालनमा आएको अस्थायी कोभिड अस्पतालमा पीसीआर प्रयोगशाला उद्घाटन भएको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले सोमवार दिउँसो २ बजे उक्त प्रयोगशालाको उद्घाटन गरेका हुन्। २४ घण्टे सेवा दिने उक्त प्रयोगशालाले सरकारले तोकेको २ हजार शुल्कमा निजी क्षेत्रबाट पीसीआर परिक्षण गरिने छ।

दैनिक ३६० वटा नमुना परीक्षण गर्ने प्रयोगशालाले ४ घण्टा भित्र रिपोर्ट दिने आश्वासन दिइएको छ।

‘प्रयोगशालाले २४ घण्टा काम गर्ने छ, बिहान ७ बजे आएको नमुनाको रिपोर्ट बिहान ११ बजे पाइन्छ’, नेशनल मेडिकल कलेजका अध्यक्ष डा जैनुद्दीन अन्सारीले भने, ‘विगतमा वीरगंजमा पीसीआर रिपोर्टको अभावमा बिरामीको उपचार तथा समयमा अस्पताल भर्ना नभई मृत्यु हुने समस्या अब समाधान हुनेछ।’

नेशनलको बाबा होटलमा सञ्चालित पीसीआर प्रयोगशालाले चाडै रिपोर्ट दिँदा पर्सा, बारा र रौतहटका बिरामीको लागि खुशीको कुरा भएको अस्पतालका निर्देशक डा प्रमोद सर्राफले बताए। सो अवसरमा नेशनल मेडिकल कलेज प्रशासन प्रमुख आविद हसैन, प्रिन्सिपल केएन सिंहलगायतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell