PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

सेनाले ४ महिना लगाएर बनायो छाङरुको बाटो

सेनाले ४ महिना लगाएर बनायो छाङरुको बाटो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: नेपाली सेनाले ४ महिना लगाएर दार्चुलाको व्याँस गाउँपालिका १ छाङरुको बाटो निर्माण सम्पन्न गरेको छ। भारतद्वारा अतिक्रमित कालापानी क्षेत्रलाई नेपालको स्वामित्वमा रहेको छाङरु जोड्ने गरी निर्माण गरिएको घोडेटो बाटोलाई सोमवार स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ।

सेनाले ४ महिना लगाएर उक्त बाटो मर्मत तथा निर्माण गरेको हो। बाटो बिगत ३ वर्षदेखि अवरुद्ध हुँदा व्यास वडा नम्बर १ का जनताले भारतीय बाटो प्रयोग गरेर सदरमुकाम खलंगा आउनुपर्ने बाध्यता थियो।

बाटो निर्माणको लागि जेठ ८ गतेबाट तैनाथ भई सेनाको प्राविधिक टोलीले जेठ २६ गतेबाट दक्ष जनशक्तिसहित निर्माण कार्य शुरु गरेको थियो। सरकारले बाटो निर्माणको जिम्मा सेनालाई दिने निर्णय वैशाख १४ गते गरेको थियो।

बाटो हस्तान्तरण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सांसद गेल्वो सिहं वोहोरा, सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापा, प्रदेशका प्रमुख सचिव रामकृष्ण सुवेदी, प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेल, २५ बाहिनी अड्डा महासेनानी कृष्ण जिसी, युद्धकार्य महाशाखा प्रमुख महासेनानी गौरव केसी लगायत उपस्थित थिए।

 

 

 

 

 

 

 

 

 

 

सडक बनेसँगै व्यासवासीले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ। यहाँका १८४ घरधुरीका १२५० जना नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्। मुख्य रुपमा हिउँद लागेपछि भेडाबाख्रा सदरमुकाम ल्याउनको लागि सहज भएको छ। २ हजार भन्दा बढी चौपायहरु सदरमुकाम खलङ्गा झर्ने क्रम शुरु भइसकेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell