PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

दिल्लीले बेङ्ग्लोरलाई दियो १ सय ९७ रनको लक्ष्य, स्टोइनिसको अर्धशतक



पहिलोपोस्ट

दिल्लीले बेङ्ग्लोरलाई दियो १ सय ९७ रनको लक्ष्य, स्टोइनिसको अर्धशतक

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई रनको १९७ लक्ष्य दिएको छ। दुबई इन्टरनेसनल स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९६ रन जोडेको हो।

दिल्लीका लागि मार्कस स्टोइनिसले अर्धशतकीय पारी खेल्दै सर्वाधिक अभिजित ५३ रन जोडे। त्यस्तै पृथ्वी शले ४२ रन बनाउँदा ऋषभ पन्तले ३७ र शिखर धवनले ३२ रन जोडे।

बेङ्ग्लोरका लागि मोहम्मद सिराजले २ विकेट लिँदा इसुरु उडना र मोइन अलीले १/१ विकेट लिए।

बेङ्ग्लोर केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell