काठमाडौं : चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-३ बस्ने ७० वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका लागि पुग्दा मृत्यु भएको हो।
उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएको र लामो समयदेखि सुगर तथा उच्च रक्तचापको समस्या रहेको उनका परिवारले बताएको अस्पतालले जानकारी दिएको छ। उनी ४ दिनअघि कोरोना संक्रमण पुष्टि भई आइसोलेसनमा बस्दै आएका थिए।
उनको सोमवार बेलुका ७:१५ बजे मृत्यु भएको हो।
