PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

आईपीएलमा बेङ्ग्लोरविरुद्ध दिल्लीले निकाल्यो ५९ रनको जित, रबाडाले लिए चार विकेट



पहिलोपोस्ट

आईपीएलमा बेङ्ग्लोरविरुद्ध दिल्लीले निकाल्यो ५९ रनको जित, रबाडाले लिए चार विकेट
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराएको छ। दुबई इन्टरनेसनल स्टेडियममा भएको खेलमा दिल्लीले बेङ्ग्लोरलाई ५९ रनले पराजित गरेको हो।

१९७ रनको विजय लक्ष्य पछ्याएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गमाउँदै १३७ रनमात्रै बनाउन सक्यो।

बेङ्ग्लोरका लागि कप्तान विराट कोहलीले ४३ रन जोड्दा वासिङ्टन सुन्दरले १७ रन, आरोन फिन्चले १३ रन तथा मोइन अलि र सिभम दुवेले समान ११ रन बनाए।

दिल्लीलाई जिताउन कगिसो रबाडाले ४, अक्षर पटेल र आनरिच नोर्टजेले २/२ तथा रविचन्द्रन अश्विनले १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९६ रन बनाएको थियो।

दिल्लीका लागि मार्कस स्टोइनिसले अर्धशतकीय पारी खेल्दै सर्वाधिक अभिजित ५३ रन जोडे। त्यस्तै, पृथ्वी शले ४२ रन बनाउँदा ऋषभ पन्तले ३७ र शिखर धवनले ३२ रन जोडे।

बेङ्ग्लोरका लागि मोहम्मद सिराजले २ विकेट लिँदा इसुरु उडना र मोइन अलीले १/१ विकेट लिए।

जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell