PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

रोकिएन गिफ्टको लोभ देखाएर हुने ठगी धन्दा



पहिलोपोस्ट

रोकिएन गिफ्टको लोभ देखाएर हुने ठगी धन्दा

काठमाडौः विभिन्न सामाजिक सञ्जाल मार्फत गिफ्ट पठाइदिने भन्दै ठगी गर्ने समुह अझै पनि संक्रिय भएको खुलेको छ। महानगरीय अपराध महाशाखाको टोलीले यसरी ठगी गर्ने एक महिलालाई नियन्त्रणमा लिएको हो। रुपन्देही सैनामैना नगरपालिका वडा नम्वर ११ सालझण्डी  घर भएकी ३१ वर्षीय सिता भुषाललाई नियन्त्रणमा लिएको हो।

उनले विभिन्न मानिसलाई फेसबुकमा विदेशी नाम गरेको व्यक्तिको आइडी खोली ठगी गर्ने गरेको महाशाखाका एसपी इश्वर कार्कीले जानकारी दिए। आफु लण्डनमा रहेको र बिवाह गर्छु भन्दै गिफ्ट पठाउने भन्दै ठगी गरेको उजुरी परेपछि नियन्त्रणमा लिएको हो।

यहि शैलीमा धेरै पहिला देखि नै ठगी गर्ने गिरोह संक्रिय रहेका छन्। त्यसैले प्रहरीले चिन्दैनचिनेका मानिससँग सामाजिक सञ्जालबाट चाँडै नजिकिन र आफ्ना गोप्य कुराहरु शेयर नगर्न समेत अनुरोध गरेको छ। कसैले यसरी गिफ्ट पठाउने भन्दै पैसा मागे प्रहरीलाई खवर गर्न समेत अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell