चितवनः चितवन मेडिकल कलेजमा उपचाररत कोभिड १९ सङ्क्रमित महिला*को मृत्यु भएको छ।
कावासोती नगरपालिका ५ का ७७ वर्षीय महिलाको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए। निमोनिया र श्वासप्रश्वासबाट समस्या भएपछि उनी असोज १६ गते अस्पतालमा भर्ना भएका थिए।
उनको असोज १८ गते कोभिड पुष्टि भएको अस्पतालले जनाएको छ। सङ्क्रमण पुष्टि भएसँगै उनलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो।
* संक्रमित महिला हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। - सं.