काठमाडौं : नवलपरासी पूर्वकी एक संक्रमित महिलाको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ।
कावासोती नगरपालिका ५ की ७७ वर्षकी महिलाको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मंगलवार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
१६ गते पिसाब तथा श्वास प्रश्वास समस्या भई भर्ना भएकी उनमा १८ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याबाट पनि पिडित उनको अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको थियो।
उपचारकै क्रममा मंगलवार बिहान ०३:४५ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।
