काठमाडौं : करिव ४ वर्षअघि जुम्लाको चन्दनाथ मन्दिरबाट पुरातात्विक मूर्ति सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको संयुक्त टोलीले सोमवार जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर १० बोहोगाउँबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेहरुमा चन्दननाथ नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय सुशील विष्ट, २३ वर्षीय सुदिप रावल र तातोपानी गाउँपालिका वडा नम्वर ८ घर भएका २८ वर्षीय जयलाल थापा रहेका छन्।
२०७३ मंसिर ११ गते मन्दिरबाट मूर्तिहरु चोरी भएको थियो। सोमवार बोहोरागाउँस्थित सुशिल विष्टको जग्गामा रहेको सुकेको घाँसको थुप्रोको बीचमा खादामा बेरी राखेको अवस्थामा मूर्ति फेला पारेको प्रहरीले जानकारी दिएको छ।
जुम्ला जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
