काठमाडौं : मंगलवार प्रदेश ५ को प्रदेशसभामा प्रदेशको राजधानी र नामाकरण सम्बन्धी आन्तरिक कार्यविधि माथि छलफल चलिरहेको छ। मंगलवार प्रदेश ५ ले नाम र स्थायी राजधानी पाउनेछ।
अपरान्ह चार बजेपछि प्रदेशको नाम लुम्बिनी कायम हुने पक्कापक्की छ। भने देउखुरी राजधानी बन्ने छ।
नेकपाले पार्टीका प्रदेशसभा सदस्यहरुलाई प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। योसँगै प्रस्ताव दुई तिहाई मतका साथ पारित हुने सम्भावना छ।
मंगलवार बिहान बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले रुपन्देही, नवलपरासी र कपिलवस्तुलाई समेत समेटेर पर्यटकीय राजधानीको अवधारण सहित बुटवल भैरहवा ६ लेन सडकलाई आर्थिक राजधानीका रुपमा विकास गर्ने प्रस्ताव मुख्यमन्त्री पोखरेलले राखेको स्रोतले बताएको छ।
बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले विशेष समय माग गर्दै सम्बोधन गरिरहेका छन्।
