PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

चितवनमा एकै दिन मरे दुई गैँडा, नदीले बगाएर पुर्‍यायो भारत



रासस

चितवनमा एकै दिन मरे दुई गैँडा, नदीले बगाएर पुर्‍यायो भारत

रत्नननगर: चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन्।

नारायणी नदीले बगाउँदा भारतको वाल्मीकी टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ। नारायणी हुँदै गण्डक ब्यारेजबाट तलपट्टी बगेर गएको करिब आधा घण्टापछि मृत्यु भएको भारतको वाल्मीकी टाईगर रिजर्भबाट सूचना प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिए। भारतको प्रोटोकल अनुसार मृत गैँडाको ‘पोष्टमार्टम’ गरी जलाउने काम भारतको वाल्मीकी टाइगर रिजर्भबाट भएको सूचना अधिकारी रामले बताए।

यस्तै निकुञ्जको सौराहा सेक्टरअन्तर्गत वनकट्टा वनगछियाको १ नम्बर मचान पूर्वपट्टी बाटोको ढिकमा उँधोमुन्टो भई अर्को अन्दाजी १२ वर्षको भाले गैँडा मृतावस्थामा फेला परेको छ। मृत गैँडाको प्रकृति हेर्दा गैँडा एक आपसमा जुँधेर बिरामी भई मरेको हुनसक्ने अनुमान गरिएको छ।

गैँडाको पछाडिको खुट्टा भाँचिएको पाइएको निकुञ्जले जनाएको छ। गैँडाको खाग र खुर भने सुरक्षित रहेको सूचना अधिकारी रामले बताए। निकुञ्जमा चालु आर्थिक वर्षको तीन महिनामा मात्रै विभिन्न कारणबाट सात गैँडाको मृत्यु भइसकेको छ। निकुञ्जमा हाल ६०५ गैँडा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell