PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

प्रदेश ५ को नामाकरण तथा राजधानीसम्बन्धी प्रस्तावमाथि तीन वटा संशोधन प्रस्ताव



पहिलोपोस्ट

प्रदेश ५ को नामाकरण तथा राजधानीसम्बन्धी प्रस्तावमाथि तीन वटा संशोधन प्रस्ताव

काठमाडौं :  प्रदेश  सभा ५ मा पेश भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधि सम्बन्धी प्रस्तावमा तीनवटा संशोधन प्रस्ताव दर्ता भएका छन्।

प्रदेश सभा सचिवालयका अनुसार नाम लुम्बिनी फेर्ने र राजधानीको केन्द्र परिवर्तन गर्ने सम्बन्धमा एक एक वटा संशोधन प्रस्ताव पेश भएका हुन्। भने अर्को प्रस्ताव बुटवललाइ राजधानी यथावत राख्ने प्रस्ताव छ।

नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य पुष्पा थरुनीले रुपन्देहीलाई नै स्थायी राजधानी तोकियोस् भन्ने प्रस्ताव दर्ता गरेकी छिन्। कांग्रेसकै सभासद रमा अर्यालले प्रदेशको स्थायी राजधानी तोक्न बैकल्पिक प्रस्ताव दर्ता गराएकी छिन्।

उनले पूर्वमा नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका, उत्तरमा पाल्पाको तिनाउ गाउँपालिका, दक्षिणमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र पश्चिममा कपिलवस्तुको शिवराज नगरपालिकाको बीचभागमा राजधानी तोक्नुपर्ने प्रस्ताव प्रदेश सभामा दर्ता गराएकी हुन्।

त्यसअघि सोमबार नामाकरण सम्बन्धमा जनता समाजवादी पार्टीको तर्फवाट संसदीय दलका नेता सहसराम यादव र पुनमति ढेगाहा मगरले प्रदेशको नाम थरुहट अवध मगरात राख्न संशोदन प्रस्ताव दर्ता गरेका हुन्।

सरकारले प्रस्ताव गरेको नाम र राजधानी मतदानबाट पास भएमा यी संशोधन प्रस्ताव स्वत: खारेज हुनेछन्। सरकारी प्रस्ताव मतदानबाट विफल भएमा भने यी तीन प्रस्तावमाथि पनि मतदान हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell