PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

प्रधानमन्त्रीको रुट नपरेको एउटा सडकको हेर्नुस् हाल

प्रधानमन्त्रीको रुट नपरेको एउटा सडकको हेर्नुस् हाल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : यो हो चाबहिलको सडक। यो सडकबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ओहर दोहर गर्न पर्दैन। त्यसैले यो सडक बनाउन सडक विभाग तातिहाल्नुपर्दैन।

कहिले विद्युत प्राधिकरणलाई दोष दियो त कहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड। सडक विभागले अरुतिर औला तेर्‍स्याउन थालेको वर्षौं बितिसक्यो। सडक विस्तारका नाममा भत्काउने काममा जति हतारो हुन्छ, बनाउनेमा त्यसको आधामात्र भएको भए पनि चाबहिलको यो कुरुप स्वरुप भोगिरहनु पर्थेन।

बाटोको यही हालतका कारण सास्तीको चाङ लागेको छ। धुलो उड्नु र हिड्न कठिन हुनु नियमित बनिसकेको छ। अनि स्थायी ट्राफिक जामको केन्द्र। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनापूर्व नै सडकमा मास्क लगाएर हिँड्नु पर्दैन भनेका थिए - सडक पिचको तथ्याङ्क सुनाउँदै। तर, कोरोना अघि होस् या पछि चाबहिलको यो रुटमा मास्कविना हिँड्ने सम्भावना नै छैन। अझ त्यसमाथि अहिलेको कोरोना!

प्रधानमन्त्री ओली ओहोर दोहोर यही बाटोबाट गर्ने थिए भने यहाँको हाल यस्तै रहिरहन्थ्यो होला त? तपाईँ आफैँ अन्दाज गर्नुस्।



ट्रेन्डिङ पोस्ट

Ncell