PahiloPost

Dec 30, 2024 | १५ पुष २०८१

३७ लाखको तस्करीको सामान र गाडीसहित एक पक्राउ, भन्सारलाई बुझाइयो



राधेश्याम पटेल

३७ लाखको तस्करीको सामान र गाडीसहित एक पक्राउ, भन्सारलाई बुझाइयो

वीरगंज : कोरोना महामारीले बन्द हुँदा पनि नेपाल भारत सीमामा तस्करी रोकिएको छैन।

पिकअप भ्यानमा तस्करीको समान ओसारपसार भइरहेको अवस्थामा बारा प्रहरीले ३७ लाखको समान र गाडी बरामद गरी आवश्यक कारवाही अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय बाराले रु ३७ लाख ८३ हजार बराबरको तस्करीको लताकपडा र अलैंची बरामद गरी वीरगंज भन्सार दाखिला गरेको छ।

गत असोज १७ गते इलाका प्रहरी कार्यालय जितपुरले चेकजाँचको क्रममा बरामद गरेको भन्सार छलीको ११ लाख ५५ हजार ६ सय ८७ मुल्य बराबरको लत्ताकपडा र सामान ओसारपसारमा प्रयोग भएको अन्दाजी २० लाख मूल्य बराबरको ना २ च ६६७९ नं.को पिकअप पनि भन्सारमा दाखिला गरिएको बारा प्रहरीले जनाएको छ।

सामान र गाडीसँगै पक्राउ परेका पिकअपका चालक वीरगज २२ का छोटेलाल पटेललाई पनि आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाइएको छ। त्यसैगरी इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका– ९ स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत सवारी चकजाँचको क्रममा सर्लाहीबाट वीरगंजतर्फ आउँदै गरेको अवस्थामा बरामद गरेको ३२० किलो अलैची र पिकअप पनि भन्सार दाखिला गरिएको छ।

प्रदेश नम्बर २–०३–००१ च ०४९७ नम्बरको पिकअपमा कर छली गरी लग्दै गरेको १ लाख २८ हजार मूल् बराबरको अलैची र ६ लाख पर्ने उक्त पिकप समेत आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell