शनिवार सडक दुर्घटनामा परेका अफगानी क्रिकेटर नजीब ताराकाइको आज निधन भएको छ। काबुल स्थित एक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अफगानिस्तान क्रिकेट बोर्डले ट्वीटर मार्फत जानकारी दिएको हो।
२९ वर्षे आक्रामक ब्याट्सम्यान नजीबले टी २० बाट आफ्नो करियर सुरु गरेका थिए। उनले पछि एकदिवसीय क्रिकेट पनि खेले। अफगानिस्तानका लागि १२ टी २० मा २५८ रन बनाएका उनले एउटामात्र ओडिआई खेलेका थिए जसमा उनले ५ रन बनाएका थिए। सन् २०१४ को टी २० विश्वकपका क्रममा उनले टी २० डेभ्यु गरेका थिए। सन् २०१७ को मार्चमा आयरल्याण्डविरुद्ध बनाएको ९० रन उनको उच्च स्कोर हो।
शनिवार सडक पार गर्दै गर्दा उनलाई कारले ठक्कर दिएको थियो। र, उनी गम्भीर घाइते भएका थिए।
ACB and Afghanistan Cricket Loving Nation mourns the heart breaking & grievous loss of its aggressive opening batsman & a very fine human being Najeeb Tarakai (29) who lost his life to tragic traffic accident leaving us all shocked!
— Afghanistan Cricket Board (@ACBofficials) October 6, 2020
May Allah Shower His Mercy on him pic.twitter.com/Ne1EWtymnO
