काठमाडौं : पछिल्लो २४ घण्टामा ५७ जिल्लामा कोभिड-१९ का संक्रमितहरुको पहिचान भएको छ। देशभरका प्रयोगशालामा गरिएको ११ हजार ४७ नमुना परीक्षणका क्रममा ५०९ महिला र एक हजार ४२ पुरुष गरी एक हजार ५५१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
जुन पछिल्लो २४ घण्टामा भएको ७.१२ जनाको परीक्षणका क्रममा १ जनामा संक्रमण पुष्टि भएको छ।
उपत्यकामा १०१७
यसैबीच पछिल्लो २४ घण्टामा एक हजार १७ जना संक्रमित पहिचान भएका छन्। जुन कुल संक्रमितको ६५.५७ प्रतिशत हो।
संक्रमण पुष्टि भएकामध्ये काठमाडौं जिल्लामा मात्र ७८३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये २५८ महिला र ५२५ पुरुष छन्।
त्यस्तै ललितपुर जिल्लामा ४९ महिला र ६९ पुरुष गरी ११८ जना संक्रमित पहिचान भएका छन्। भक्तपुर जिल्लामा ११६ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ४३ महिला र ७३ पुरुष छन्।
बागमतीमा ११४६
यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा पहिचान भएका संक्रमितमध्ये ७३.८८ प्रतिशत बागमती प्रदेशका हुन्। मन्त्रालयको तथ्यांकअनुसार बागमतीमा एक हजार १४६ जनामा संक्रमण पुष्टि भएको छ। उपत्यकामा ७८३ सहित चितवन जिल्लामा ८१ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै लुम्बिनी प्रदेशमा १९१ जना संक्रमित पहिचान भएका छन्। जसमध्ये रुपन्देही जिल्लाकामात्र ९६ जना छन्। रुपन्देहीमा ३४ महिला र ६२ जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
त्यस्तै प्रदेश १ मा ६९, प्रदेश ३ मा ५६ र गण्डकीमा ४५ जना संक्रमित पहिचान भएका छन्।
सुदुर पश्चिम प्रदेशमा ३२ तथा कर्णाली प्रदेशमा २२ जनामा संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ।

