काठमाडौं : हास्यकलाकार हरिवंश आचार्यलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। सोमवार पीसीआर टेष्ट गरेकोमा पोजिटिभ नतिजा आएको उनले जानकारी दिएका छन्। फेसबुकमा स्टाटस लेख्दै उनले आफू र श्रीमती रमिलालाई संक्रमण भएको जनाएका छन्।
'सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको पीसीआर टेष्ट गरेका थियौं। हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो,' उनले लेखेका छन्।
सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको PCR Test गरेका थियौं | हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि...
Gepostet von Hari Bansha Acharya am Dienstag, 6. Oktober 2020
आचार्य दम्पतिको स्वास्थ्य अवस्था सामान्य छ।
उनले आफ्नो सम्पर्कमा आएकालाई सचेत रहन आग्रह गरेका छन्। आफ्नो सम्पर्कमा रहेकालाई होम आइसोलेसनमा बस्न आचार्यको आग्रह छ।
