काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ। मंगलवार अपरान्ह बालुवाटारमा बसेको बैठकमा यसअघि नै निर्धारित एजेण्डामा नै छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकमा सांगठनीक एकीकरणका बाँकी काम पूरा गर्नेबारे, संगठन विभागको संगठानात्मक कार्ययोजनासम्बन्धी प्रस्ताव, संवैधानिक नियुक्तिका लगायतका एजेण्डामा सामान्य छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। मन्त्रिपरिषद् हेरफेरबारे कुनै छलफल नभएको उनले बताए।
‘आजको बैठकमा यसबारे कुनै छलफल भएन्। यसबारे बैठकमा प्रधानमन्त्रीले कुनै जानकारी गराउनु भएन्,’ श्रेष्ठले भने।
गत सचिवालय बैठकमा मन्त्रिपरिषद्बारे सैद्धान्तिक छलफल भएको र यसबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहकार्य गरिरहेको उनले बताए।
गत असोज ४ गतेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विकल्पबारे छलफल भएको थियो।
