इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा मुम्बई इण्डियनले राजस्थान रोयल्ससामु १९४ रनको विजय लक्ष्य पेश गरेको छ।
टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९३ रन बनायो।
आबुदावीमा भएको खेलमा मुम्बईका लागि सूर्यकुमार यादवले अभिजित रहँदै सर्वाधिक ७९ रन जोड्दा कप्तान रोहित शर्माले ३५ रन, हार्दिक पाण्ड्याले ३० रन, क्विन्टन डिककले २३ रन तथा क्रुनाल पाण्ड्याले १२ रन जोडे।
राजस्थानका लागि श्रेयस गोपालले २ तथा जोफ्रा आर्चर र कार्तिक त्यागीले १/१ विकेट लिए।
अब केही बेरमा राजस्थान जवाफी ब्याटिङको लागि मैदानमा उत्रिदैँछ।
