PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

आईपीएलमा मुम्बईको लगातार तेस्रो जित, राजस्थान ५७ रनले पराजित



पहिलोपोस्ट

आईपीएलमा मुम्बईको लगातार तेस्रो जित, राजस्थान ५७ रनले पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। आबुदावीमा भएको खेलमा मुम्बईले राजस्थानलाई ५७ रनले हराएको हो।

१९४ रनको विजय लक्ष्य पछ्याएको राजस्थान १८ ओभरमा अल आउट हुँदै १३६ रनमा समेटियो।

राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ७० रन जोड्दा जोफ्रा आर्चरले २४ रन, टम करनले १५ रन तथा माहिपाल लोमरोरले ११ रन जोडे।

मुम्बईका लागि जसप्रित बुमराहले ४, ट्रेन्ट बोल्ट र जेम्स प्याट्टिन्सनले २/२ तथा राहुल चहर र काइरन पोलार्डले १/१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९३ रन बनाएको थियो।

मुम्बईका लागि सूर्यकुमार यादवले अभिजित रहँदै सर्वाधिक ७९ रन जोड्दा कप्तान रोहित शर्माले ३५ रन, हार्दिक पाण्ड्याले ३० रन, क्विन्टन डिककले २३ रन तथा क्रुनाल पाण्ड्याले १२ रन जोडे।

राजस्थानका लागि श्रेयस गोपालले २ तथा जोफ्रा आर्चर र कार्तिक त्यागीले १/१ विकेट लिए।

जितसँगै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell