काठमाडौं : गण्डकी प्रदेशमा थप ४ जनामा कोभिड १९ पोजेटिभ देखिएसँगै संक्रमित संख्या ४ हजार ३ सय १३ पुगेको छ। क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा नयाँ ४ जना संक्रमित देखिएका हुन्।
संक्रमित मध्ये एक जना तनहुँ, ब्यास-१२ का संक्रमित कृषि सामग्री कम्पनी लिमिटेडमा कार्यरत हुन्। एका अर्को व्यक्ति ब्यास नगरपालिकाकै शिक्षक हुन्।
त्यसैगरी म्याग्दीको बेनी नगरपालिकामा दुई जनामा संक्रमण देखिएको छ। दुवैजना नेपाल आर्मीमा कार्यरत हुन्। उनीहरु नेपाल आर्मीकै क्वारेन्टाइनमा छन्।
