PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

रियालाई धरौटीमा रिहाको आदेश, उनका भाइ भने हिरासतमै रहने



पहिलोपोस्ट

रियालाई धरौटीमा रिहाको आदेश, उनका भाइ भने हिरासतमै रहने

लामो समयदेखि हिरासतमा रहँदै आएकी रिया चक्रवर्तीलाई बम्बे हाइकोर्टले धरौटीमा छाड्ने आदेश दिएको छ। बलिउड अभिनेता सुशान्त राजपुतको मृत्युसँगै जोडिएको ड्रग्सको विषयलाई लिएर रिया चतुर्वेदीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

आज न्यायाधीश सराङ भी कोटवालले यस्तो आदेश दिएका हुन्। तर, उनका भाइ स्वभिकलाई भने धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ। रिहालाई एक लाख रुपैयाँ धरौटीको आदेश दिएको हो। साथै उनले नजिकको प्रहरी कार्यालयमा नियमित उपस्थिति भने जनाउनुपर्ने छ। 
स्वभिक सेप्टेम्बर ४ मा पक्राउ परेका थिए भने रिया ८ सेप्टेम्बरमा।

यसअघि सुशान्तसिंह राजपुतको निधनसँग जोडिएको लागुऔषध मुद्दामा रिया चक्रवर्तीलाई १४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell