काठमाडौं : महावाणिज्य दूतावास खोल्ने सहमति भएको झण्डै एक वर्षपछि सरकारले छेन्दुमा सहसचिवस्तरको दरबन्दी पठाउने निर्णय गरेको छ।
मन्त्रिपरिषदको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत साउदी अरबको जेद्दामा रहेको महावाणिज्यदूतावासमा रहेको राजपपत्रांकित प्रथम श्रेणी (प्रशासन समूह) सहसचिवस्तरको दरबन्दीलाई चीनस्थित नेपाली महावाणिज्यदूतावासमा छेन्दुमा स्थानान्तरण गर्ने निर्णय गरेको छ।
गत वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला दुई देशबीच चीनको सिचुवान प्रान्तको छेन्दुमा नेपाली महावाणिज्यदूतावास खोल्ने सहमति भएको थियो।
सोहीअनुरुप सकारले जेद्दामा रहेको सहसचिव स्तरको दरबन्दीलाई छेन्दु पठाउने निर्णय भएको हो।
