PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कैलाली प्रहरी प्रमुख एसपी राणालाई कोरोना संक्रमण



एम बम

कैलाली प्रहरी प्रमुख एसपी राणालाई कोरोना संक्रमण

कैलाली : कैलाली प्रहरी प्रमुख एसपी अनुपमशमशेर जबरालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मङ्गलवार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एसपी जबरालाई सङ्क्रमण पुष्टि भएको बताइएको छ।

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सङ्क्रमण पुष्टि भएपछि जबरा कार्यालयको आइसोलेसनमा बसेका छन्। उनीसहित अन्य ४ प्रहरीमा मङ्गलवार सङ्क्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यससँगै हालसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित प्रहरीको संङ्ख्या २२८ पुगेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell