PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

आफ्नै बुबाको हत्या अभियोगमा छोरा पक्राउ



रासस

आफ्नै बुबाको हत्या अभियोगमा छोरा पक्राउ

तम्घास : गुल्मीमा आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन्। जिल्लाको इस्मा गाउँपालिका-४ दोहोलीका २८ वर्षीय अनिल बस्नेत मंगलवार साँझ पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयले इस्मा-१ हर्पुकोटस्थित आफन्तका घरबाट बस्नेतलाई पक्राउ गरेको हो। उनले गत आइतवार ६० वर्षीय बुबा दिलबहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए। घाइतेको उपचारका लागि बुटबल लैजाँदै गर्दा बाटामै ज्यान गएको थियो।

बुबाको हत्या गरेर फरार अनिलको खोजी गर्नेक्रममा सुराकीका आधारमा फुपू दिदीका घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारनाथ पन्थले जानकारी दिए। अनीलले अपराध स्वीकार गरिसकेको बताइएको छ। अहिले उनी प्रहरी हिरासतमै रहेको र कानुनी प्रक्रिया पुर्‍याएर कारागार चलान गरिने पन्थले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell