PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

दुई अटोरिक्सा आपसमा ठोक्किँदा एक जनाको मृत्यु, तीन जना घाइते



रासस

दुई अटोरिक्सा आपसमा ठोक्किँदा एक जनाको मृत्यु, तीन जना घाइते

लहान : सिरहाको लहान-ठाडी सहायक सडकखण्डको सखुवानन्कारकट्टी गाउँपालिका-५ महेशबारीमा दुई अटोरिक्सा आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दक्षिणबाट उतरतर्फ जाँदै गरेको स १ ह ३३२० नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट अटोरिक्सा आपसमा ठोक्किँदा स १ ह ३३२० नम्बरको अटोरिक्सामा सवार सिरहाको भगवानपुर गाउँपालिका-१ निवासी २० वर्षीया रञ्जुकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते रञ्जुलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही अटोरिक्सामा सवार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-६ निवासी ६५ वर्षीय मोहम्मद रहमान, ३० वर्षीय मोहम्मद अब्दुला राइन र भगवानपुर गाउँपालिका-१ निवासी ३० वर्षीया पुनम यादव घाइते भएको र उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

ज्यान मार्ने उद्योग मुद्धामा फरार अभियुक्त पक्राउ

ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका-३ इटारी प्रसाही निवासी ३० वर्षीय रामकुमार मण्डल रहेको प्रहरीले जनाएको छ। मण्डललाई कल्याणपुर-११ बाट पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell