PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु, दुई जना बेपत्ता



पी बी खड्का

जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु, दुई जना बेपत्ता

सुर्खेत : जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ।

जाजरकोटको सदरमुकाम खलंगाबाट जुनीचाँदे गाउँपालिका जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप गाउँपालिकाको औलभीरबाट करिब पाँच सय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी किशोर श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनामा गाउँपालिकाको ११ नम्बर वडाका वडाध्यक्ष अमरबहादुर शाही, सोही वडाका कृतिबहादुर शाही, स्वास्थ्यकर्मी खेमराज शाही, वडा नम्बर ५ गर्खाकोटका कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको हो।

प्रहरीका अनुसार दुई जना बेपत्ता भएका छन्। गाडी चालक गोरख बस्नेत भने फरार रहेको प्रहरीको भनाइ छ। बेपत्ताको उद्दार कार्य भइरहेको र घटनाको कारण बारे अनुसन्धान पनि भइरहेको प्रहरीले बताएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell