PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघको आन्दोलन, ‘शुक्रबार आकस्मिक र कोरोनाबाहेकका सेवा बन्द’



पहिलोपोस्ट

डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघको आन्दोलन, ‘शुक्रबार आकस्मिक र कोरोनाबाहेकका सेवा बन्द’

काठमाडौँः नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको पहल र माग पूरा गर्न सरकार जिम्मेवार नदेखिएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। संघका महासचिव डा. बद्री रिजालले विज्ञप्ति जारी गर्दै यसअघि दिएको अल्टिमेटम अनुसार सरकारले वार्ता टोली गठन तथा माग सम्बोधनका विषयमा कुनै पहल नगरेको भन्दै आन्दोलनमा जानु वाध्यता भएको उल्लेख गरेका छन्।

विज्ञप्ति अनुसार बिहीबार देशभारका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड–१९ बाहेकका अन्य सेवा बहिस्कार हुनेछन्। बिहान ९ बजेदेखि ११ बजेसम्म सेवा बहिस्कार हुनेछ। संघका शाखा कार्यालय तथा स्वास्थ्य संस्थामा जनस्वास्थ्यको मापदण्ड अपनाइ धर्ना कार्यक्रम गर्ने विज्ञप्तिमा जनाइएको छ।

यस्तै, शुक्रबार एक दिनका लागि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड–१९ बाहेकका अन्य सबै सेवा बहिस्कार गर्ने विज्ञप्तिमा उल्लेख छ।

सेवा बहिस्कारबाट उत्पन्न परिस्थितिप्रति सरकार जिम्मेवार हुनुपर्ने संघको भनाइ छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell