PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

बाँकेमा उपचारको क्रममा सुर्खेतकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु



पहिलोपोस्ट

बाँकेमा उपचारको क्रममा सुर्खेतकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं : बाँकेमा उपचारको क्रममा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कोहलपुरस्थित नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालमा उनको मृत्यु भएको हो।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ निवासी ८२ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई असोज १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिन उनलाई नेपालगंज मेडिकल कलेज अस्पतालको कोभिड-१९ युनिटमा भर्ना गरेर उपचार शुरु गरिएको थियो।

स्वास्थ्यमा सुधारमा नआएपछि बुधवार साँझ ६:३५ बजे उनको मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ। उनी लामो समयदेखि मधुमेहबाट पीडित थिइन्। हाल बाँकेका प्रमुख जिल्ला अधिकारीबाट शव व्यवस्थापनका लागि समन्वय भइरहेको बताइएको छ।

यसअघि जिल्ला बाहिरका १० जनाको बाँकेमा मृत्यु भइसकेको छ। योसँगै बाँकेमा बाहिरी जिल्लाबाट आई उपचारको क्रममा कोरोनाको संक्रमण बाट मृत्यु हुनेको संख्या ११ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell