PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

राहुल त्रिपाठी चम्किँदा कोलकताले चेन्नइलाई दियो १ सय ६८ रनको लक्ष्य



पहिलोपोस्ट

राहुल त्रिपाठी चम्किँदा कोलकताले चेन्नइलाई दियो १ सय ६८ रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा कोलकता नाइट राइडर्सले चेन्नइ सुपर किंग्सलाई १ सय ६८ रनको लक्ष्य दिएको छ।

शेख जायेद स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ‌ओभरमा सबै विकेट गुमाउँदै १६७ रन जोडेको हो।

कोलकताका लागि राहुल त्रिपाठीले सर्वाधिक ८१ रन बनाउँदा सुनिल नारिन र प्याट कमिङ्सले १७ रन जोडे। त्यसबाहेकका अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन्।

उता चेन्नइका लागि ड्वेन ब्राभोले ३ विकेट लिँदा सार्दुल ठाकुर, कर्ण शर्मा, र साम करनले समान २/२ विकेट लिए।

चेन्नइ केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell