PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विराटनगरका १३७ जनासहित प्रदेश १ मा थपिए ३४३ कोरोना संक्रमित



फूलमाया पुरी

विराटनगरका १३७ जनासहित प्रदेश १ मा थपिए ३४३ कोरोना संक्रमित

विराटनगर : प्रदेश १ मा बुधवार ३४३ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो।

बुधवार थपिएका संक्रमितहरुमा मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २/२, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा मात्र १३७ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये ५७ महिला र ८० पुरुष छन्। त्यस्तै पथरीशनिश्चरेमा ४ पुरुष, रतुवामाईमा २ महिला र १ पुरुष, रंगेलीमा २ महिला र १ पुरुष, बेलबारीमा १ महिला र २ पुरुष, सुन्दरहरैचामा २ महिला र १ पुरुष, बुढीगंगा र ग्रामथानमा २/२ पुरुष, उर्लाबारी र धनपालमा १/१ पुरुष र स्थानीय तह नखुलेका १ महिला र २ पुरुषमा संक्रमण देखिएको छ।

त्यसैगरी, सुनसरीको धरानमा ५३ महिला र ६१ पुरुष, इटहरीमा ५ महिला र ३ पुरुष, बराहक्षेत्र र दुहवीमा २/२ पुरुष, भोक्राहानरसिंहमा २ महिला, गढी, हरिनगर, रामधुनी, इनरुवामा १/१ पुरुष, बर्जुमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यता झापाको विर्तामोडमा २ महिला र ४ पुरुष, भद्रपुरमा ६ पुरुष, दमकमा ३ महिला र ३ पुरुष, गौरादहमा २ महिला र २ पुरुष, मेचीनगरमा १ महिला र १ पुरुष, कमल गाउँपालिकामा २ पुरुष, कचनकवलमा १ महिला, अर्जुनधारा, हल्दिबारी र शिवसताक्षीमा १/१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषमा पनि आजै कोरोना संक्रमण पुष्टि भएको छ।

धनकुटाको महालक्ष्मीमा २, धनकुटा नगरपालिकामा १ र स्थानीय तह नखुलेका १ पुरुष, भोजपुरमा १ महिला र १ पुरुष, इलामको मांसेबुङ र देउमाईमा १/१ पुरुष, पाँचथरको फिदिममा १ पुरुष र प्रदेश १ बाहिरका ४ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार ४४७ पुगेको छ।

प्रदेश १ मा बुधवार १० जना डिस्चार्ज भएका छन्। उनीहरु सवै मेची अस्पतालबाट डिस्चार्ज भएका हुन्। यससँगै हालसम्म प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ हजार १३२ पुगेको छ।

प्रदेश १ मा बुधवार १ हजार ३१० जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १३६ महिला र २०७ पुरुषमा संक्रमण देखिएको हो।

प्रदेश १ मा हालसम्म १ लाख ३० हजार ६७१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell