कोभिड १९ पुष्टि भएको एक साता नबित्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यालय सम्हाल्न थालेका छन्। ओभल अफिस फर्केका ट्रम्पलाई पछिल्लो २४ घन्टामा कुनै पनि लक्षण नदेखिएपछि काममा फर्किएका हुन्।
राष्ट्रपति ट्रम्पका चिकित्सक सियन कोनलीले पाँच दिन अघि ज्वरो देखिएको बताउँदै त्यसयता अरु लक्षण नदेखिएको जानकारी दिए।
हिजोमात्रै ट्रम्पले एउटा भिडियो जारी गरेका थिए। त्यसमा उनले आफूलाई भगवानले आशिर्वाद दिएको अनुभव भएको बताएका थिए। उनले सबै
अमेरिकी नागरिकले आफुलेजस्तै उपचार पाउनुपर्ने बताए। ट्रम्पले रिजेनेरन फर्मासिटिकल्स निशुल्क उपलब्ध गारउने समेत प्रतिवद्धता जनाए।
उनलाई दिइएको ककटेल एन्टीबडीले राम्रो काम गरेको दावी समेत गरे। रिजेनेरन लाखौंको संख्यामा तयार राखिएको उनले बताए। तर रिजेनेरनलाई अप्रुभल दिन बाँकी नै छ।
'एक हिसाबले यो आशिर्वाद नै हो - मैले यसलाई लिएँ, यो औषधीबारे सुनेको मात्र थिएँ, अनि मलाई नै चलाउन भने जुन विश्वसनीय थियो,' उनले भने। साथै ट्रम्पले आपतकालानी रुपमा यसलाई प्रयोगमा ल्याउने प्रयास गरिरहेको पनि बताए।
