PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

जर्मनी र टर्की बराबरीमा रोकिए, तीन पटकको अग्रता जोगाउन सकेन जर्मनीले



पहिलोपोस्ट

जर्मनी र टर्की बराबरीमा रोकिए, तीन पटकको अग्रता जोगाउन सकेन जर्मनीले

मैत्रीपूर्ण फुटबलमा गएराति जर्मनी र टर्की बराबरीमा रोकिएका छन्। जर्मनीमा भएको खेलमा टर्कीले उत्कृष्ट पुनरागमन गर्दा खेल ३-३ को बराबरी भएको हो।

जुलियन ड्राक्सलेरले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दा जर्मनीले खेलमा अग्रता बनाएको थियो। तर दोस्रो हाफमा टर्कीले खेल बराबरीमा ल्यायो। टर्कीका लागि ४९ मिनेटमा ओजन तुफानले गोल गरेका थिए। त्यस्तै जर्मनीका फ्लोरियन नेउहाउसले ५८ औं मिनेटमा गोल गरेर फेरि टिमलाई अग्रता दिलाए। तर ६७ औं मिनेटमा टर्कीका एफएककन करकाले गोल गर्दै खेल फेरि बराबरीमा ल्याए।

खेलको ८१ औं मिनेटमा जर्मनीका लागि लुका वाल्ड्सछ्मिडले गोल गरे। तर खेलको अन्तिम समयमा जर्मनीले टर्कीलाई रोक्न सकेन। खेलको अतिरिक्त समयमा केनन् करम्यानले गोल गर्दा खेल ३-३ को बराबरीमा रोकियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell